स्याङजामा मुख्य कार्यालय रहेको कालिका लघुवित्तले पर्बतको जनसेवी लघुवित्तलाई आफुमा गाभेपछि एकीकृत बित्तीय कारोबार शुरु गरेको छ ।

मर्जर पछि कालिकाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार पुगेको छ । उसले २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल मार्फत ५९ हजार सदस्यहरुलाई सेवा दिईरहेको छ ।

१ अर्ब ४७ लाख निक्षेप रहेको कम्पनीले २ अर्ब ४५ करोड ५० लाख कर्जा प्रबाह गरेको छ ।

उसको शेयर कारोबार पनि चाँडै नै खुल्ने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here