कुमारी बैंकले गत बर्षको मुनाफाबाट वितरण गर्ने २१.२५ प्रतिशत बोनस शेयर बापत लाग्ने कर २०७४ असार ४ गते पश्चात शेयर खरीद गर्ने उपभोक्ताले आफैं कर तिर्नुपर्ने भएको छ ।

बैंकले सार्वजनिक गरेको सुचना अनुसार कर बापतको रकम जम्मा गरे पश्चातमात्र शेयरधनीको डिम्यमट खातामा उक्त शेयर आउनेछ । बोनस शेयर कर प्रयोजनार्थ खोलिएको खाता नं. ०३११५०२००१०२० मा यस बैंकको कुनै पनि शाखामा कर बापतको रकम जम्मा गर्नुपर्नेछ साथै भौचरमा शेयरधनीको नाम र डिम्याट खाता नं. उल्लेख गर्नुपर्नेछ ।

यस बैंकको शेयर धितो राखि अन्य बैंक तथा वित्तिय संस्थाबाट ऋण उपभोग गरीरहेको ग्राहकको हकमा भने सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट नो अबजेक्सन लेटर आवश्यक पर्नेछ ।

बोनस शेयरमा लाग्ने कर प्रयोजनको निमित्त कर बापतको रकम जम्मा गर्नुर्ने ग्राहकको विवरण बैंकको वेबसाइट बाट प्राप्त गर्न सकिनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here