कुमारी बैंकमा समाहित हुन लागेको देब बिकाश बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १८ करोड ७७ लाख खुद नाफा कमाएको छ ।गत आर्थिक बर्षमा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा खुद नाफा घटेको हो ।
बैंकको वितरण योग्य नाफा १२ करोड ३८ लाख रुपैयाँ रहेको छ । बैंकले २२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब २५ करोड ६४ लाख २९ हजार रुपैयाँ कर्जा लगानीबाट ५६ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २६ करोड ३५ लाख १६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५८ करोड ८० लाख रहेको र शेयर धनी कोषमा ३९ करोड ९१ लाख रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८२ पैसा रहेको छ, भने प्रतिशेयर नेटवर्थ १३१.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.१० गुणा रहेको छ ।
बैंकको खराब कर्जा अनुपात २.९८ प्रतिशत, कोषको लागत ८.३३ प्रतिशत र आधार दर ११.०२ प्रतिशत रहेको छ ।