देवः विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७४ ।०७५ को तुलनमा गत बर्षको लाभांश दर बढाएर प्रस्ताब गरेको छ । बैंकले अघिल्लो बर्षको मुनाफाबाट साढे ५ प्रतिशत बोनस वितरण गरेकोमा गत आर्थिक वर्ष २०७५ ।०७६ को मुनाफाबाट शेयरधनीहरुलाई ८.५५ प्रतिशत बोनस शेयर वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
हाल ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले २७ लाख १६ हजार ४२१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ। बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड ९८ लाख रुपैयाँ कायम हुनेछ ।
कुमारी बैंकसँग प्राप्ति प्रक्रियामा गएको देवः विकास बैंकको शेयर कारोबार नेप्सेले माघ २ गतेदेखि रोक्का छ ।