कुमारी बैंकको पूँजी कोष अनुपातमा तत्काल सुधार आबश्यक देखिएको छ ।
दोस्रो त्रैमासको बित्तयि विवरण अनुसार बैंकको पूँजी कोष अनुपात ११.५२ प्रतिशत मात्र देखिएको र त्यो ११ प्रतिशत तल आए राष्ट्र बैंकको कारबाहीमा पर्नसक्ने हुँदा पूँजी कोष अनुपात शीघ्र सुधार गर्नु आबश्यक देखिएको हो । राष्ट्र बैंकले लागू गर्दै गरेको बासेल थ्री अनुसार लाभांश वितरण गर्ने क्षमता बनाउँन पूँजी कोष अनुपात १३ प्रतिशत माथि हुनुपर्छ ।
उसले ३ अर्बको ऋणपत्र बिक्री गरेको र देव विकास बैंकलाई आफुमा समाहित गर्ने प्रक्रियामा रहेकाले त्यसबाट पूँजी कोष सुधार हुनसक्छ ।
दोस्रो त्रैमाससम्ममा बैंकले ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ र सञ्चालन मुनाफा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आर्थिक बर्षको तुलनामा खुद नाफा १८.७४ प्रतिशत अर्थत् १२ करोड ६७ लाख बढि ८० करोड ३० लाख बनाएको छ ।
बैंकको खुद व्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो ।
दोस्रो त्रैमाससम्म आई पुग्दा बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ रहेको छ, भने जगेडा कोषमा २ अर्ब २४ करोड ४८ लाख रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७६ पैसा रहेको छ गत बर्षको सोही अवद्यीको तुलनामा १ रुपैयाँ २४ पैसा बढि हो ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.२२ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ०.१८ प्रतिशतले घटेर १.०४ प्रतिशत भएको छ ।
बैंकको आधार दर १०.४५ र स्प्रेड दर ४.३७ रहेको छ । उसको कोषको लागत नै ७.५० प्रतिशत रहेकाले. सस्तो ब्याजमा कर्जा प्रबाह गर्न सक्दैन ।