कुमारी बैंकको रविन्द्र नरसिंह श्रेष्ठको नाममा रहेको संस्थापक शेयर बिक्रि हुने भएको छ ।
सो बैंकमा श्रेष्ठले आफ्नो नाममा रहेको १९ हजार १ सय ६१ कित्ता संस्थापक शेयर बिक्रि गर्न निवेदन दिएपछि बैंकले निवेदन स्विकार गरेको छ । उक्त शेयर खरिदमा पहिलो हक संस्थापक समुहको रहनेछ यदि संस्थापकको तर्फबाट निवेदन नपरेको खण्डमा मात्रै उक्त शेयर सर्वसाधारणलाई बिक्रि गरिनेछ ।
सम्बन्धित व्यक्तिले ३५ दिन भित्र कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको प्रधान कार्यालय, टंगालमा गई आवेदन दिन सकिनेछ ।
बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ ।