कुमारी बैंकले केही समयको लागि डिम्याट खाता निःशुल्क खोल्ने व्यवस्था गरेको छ ।

डिम्याट खाता खोली शेयरबजारमा लगानी गर्न इच्छुक व्यक्तिले कुमारी बैंकको जुन सुकै शाखामा गई डिम्याट खाता खोल्न सकिने जनाएको छ ।

कुमारी बैंकको १९ औं बार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएको छ ।

कुमारी बैंकको गत असोज ११ गते सम्पन्न १९ औं बार्षिक साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा आएको छ ।

साधारणसभाले उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा प्रयोजनार्थ भदौ २९ गते बाट बुक क्लोज गरेकोले भदौ २८ गतेसम्म शेयरधनीले उक्त बोनस शेयर प्राप्त गर्नेछन् ।

बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here