कृषि विकास बैंक र राष्ट्रिय कृषक समूह महासंघ नेपालबिच वित्तीय तथा सामाजिक , सामुदायिक सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनीलकुमार उपाध्याय र कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले सहकार्य सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

महासंघसँग गरिएको सहकार्यले नेपालको गा्रमीण क्षेत्रमा रहेका कृषक समूह तथा कृषि सहकारीमा आबद्ध सीमान्तकृत, भूमिहीन तथा महिला कृषकलाई कृषि तथा पशुपालन परियोजना सञ्चालनका लागि बैंकले सहुलियतपूण कर्जा पूदान गर्ने छ ।
सहकार्यले सामाजिक सामुदायिक कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा रोजगरीको वृद्धि तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्तवपूर्ण योगदान पुग्ने आशा गरिएको छ ।

बैंकसँग गरिएको सहकार्यले दूरदराजमा रहेका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध हुने अपेक्षा छ ।।
सहकार्यसँगै महासंघ नेपालमा आबद्ध देशका ५७ जिल्लाका करिब ५२०० कृषक समूह तथा सहकारीका १ लाख कृषकलाई कृषि तथा पशुसँग सबन्धित परियोजना सञ्चालन बैंकले सहयोग गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here