चिनियाँ राष्ट्रपति सी चिनफिङले बहुचर्चित केरुङ – काठमाडौं रेल मार्गको संभाब्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजमा बोल्दै चिनियाँ राष्ट्रपतिले हिमालय सिमा पार रेल्वेको संभाब्यता अध्ययन गरिने घोषणा गरेका हुन् । सी दुई दिने नेपाल भ्रमणमा छन् ।

राष्ट्रपति भण्डारीले नेपालले चिनियाँ रेललाई केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म पुर्याउँन चाहेको बताएपछि सीको घोषणा आएको हो ।

सीले पहिलो चरणमा रसुवागढीदेखि छहरे हुँदै काठमाडौंसम्मको सुरुङ मार्ग निर्माण गर्ने पनि घोषणा गरेका छन् । सीले यसबाट दुबै देशवीचको यातायात संजाल अरु सुविधाजनक हुने आशा ब्यक्त गरेका छन् ।

नेपालका प्रमुख राजनीतिक दलका नेताहरु सहभागी रात्रिभोजमा सीले भने, हामीले बनाएको योजना पूरा गरौं, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं ।

नेपाल भ्रमण वर्ष २०२० मा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने प्रतिबद्धता पनि चिनियाँ राष्ट्रपतिले ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here