कैलाश विकास बैंकलाई प्राप्ती गरेर प्राइम कमर्सियल बैंकले फागुन २९ गते देखि एकीकृत कारोबार सुरुवात गरेको छ ।

गत असारमा मर्जर तथा प्राप्ती सम्झौता गरेका दुई बैंकले त्यसको ८ महिना पश्चात एकीकृत कारोबार थालेका हुन्।कैलाश विकासको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंकको ९४ स्वाप रेसियोमा दुई बैंक एकीकृत भएका हुन्।

प्राइमलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकको फागुन १८ गते र कम्पनी रजिष्टारको कार्यालयबाट फागुन २१ गते स्वीकृत प्राप्त भएको थियो। दुवै बैंकको गत पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश विकासलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको थियो।

एक्वाएर पश्चात चुक्ता पूँजी १३ अर्ब ९७ करोड, निक्षेप संकलन १ खर्ब ३० अर्ब, कर्जा लगानी १ खर्ब १५ अर्ब, कुल शाखा संख्या १९९ पुगेको छ।

स्वाप रेसियोपछि उब्रिएको पूँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने छ।

बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा रहनेछ। एक्विजिसन प्रक्रियाका कारण कैलाश विकास बैंकको सेयर कारोबार असार २२ गतेबाट रोक्का छ । कैलाशको शेयर प्राईमको नाममा सूचीकृत भएर कारोबार खुल्न भने समय लाग्नसक्छ ।

प्राईमले यसअघि झापाको कन्काई बिकास बैंकलाई प्राप्ति गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here