कोरोना भाईरस संकटको कारण दुई कम्पनीको साधारणसभा स्थगित भएको छ ।
सेन्चुरी कर्मसियल बैंक र अपि पावर कम्पनीको साधारण सभा स्थगित भएको हो ।
सरकारको एकै ठाउँमा २५ जना भन्दा बढि भेला हुन नपाउने निर्देशन गरेकाले कम्पनीले साधारणसभा स्थगित गरेका हुन् ।
सेञ्चुरीले लाभांश प्रस्ताव पारित गर्न चैत १४ गते साधारण सभा डाकेको थियो भने अपि पावर कम्पनीले पनि चैत ७ गते कार्की ब्यांक्वेट, माइतीघरमा बोनस शेयर वितरण गर्ने र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको थियो।
दुबै कम्पनीको अर्को सुचना नआउनजेल सम्मका लागि साधारणसभा स्थगित भएको हो ।