देशमा कोरोना संक्रमण बढिरहेको बेला जनस्तरबाट अबज्ञा हुन थालेपछि सरकारले औपचारिक रुपमा लकडाउन केही खुकुलो बनाएको छ । थुपै्र ब्यवसायहरुलाई निर्वाध रुपमा खालेर संचालन गर्ने छुट दिईएको छ, यो राम्रो पक्ष हो तर कोरोना संक्रमणको जोखिम झन् धेरै बढेको छ ।

कोरोना संक्रमणको डरबाट भागेर मात्रै समाधान थिएन । लकडाउन कतिपय स्थानमा असान्दर्भिक र प्रभावहिन भईसकेका थिए, त्यसलाई अझ कडाई गर्दा नकारात्मक परिणाम आउनसक्थ्यो । झण्डै तीन महिनासम्म बन्द रहेका ब्यवसायहरु खोल्न ढिलाई गर्नु हुँदैनथ्यो, ब्यवसायहरु लामो समय बन्द हुँदा अर्थतन्त्रमा गंभीर प्रभावहरु परिसकेका थिए ।

संक्रमितको संख्या बढेर पाँच हजार नाघेको र मानिसहरु परीक्षण विनै मर्न थालेको अबस्थामा आगामी दिनहरु अझ भयावह हुने स्पष्ट संकेतहरु देखिएका छन् । कोरोना समुदायस्तरमा बढेर हाम्रो उपचार क्षमताले धान्न नसक्ने अब प्रष्ट भईसकेको छ ।

हजारौ नमूनाहरु परीक्षण केन्द्रमा पालो कुरेर बसेको अबस्थामा तत्काल परीक्षणको दायरा पनि बढ्न सक्ने अबस्था छैन । त्यसैले ब्यवसायलाई पुनः संचालन गर्नेहरुले सडक र कार्यस्थलमा सावधानी अपनाएर अगाडि बढ्नुको विकल्प छैन ।

एक ब्यक्तिबाट अर्को ब्यक्तिको दुरी कम्तिमा दुई मिटर कायम गर्ने, मास्क, पन्जा हरबखत प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात मिचिमिची धुने, खकार, थुकहरु जथाभावी नफाल्ने जस्ता चिकित्सकहरुले सुझाएका उपायहरु अपनाएर आफुलाई सुरक्षित पार्न सकिन्छ ।

ब्यवसाय गर्ने र ग्राहक उपभोक्ताले सावधानी अपनाएनन् भने त्यसको पहिलो शिकार आफै हुने हो, त्यसपछि मात्रै अरु । हामी स्पेन, ईटली, न्युयोर्क जस्ता असावधानीका कारण भयावह अबस्था ब्यहोरेका शहरहरुको दाँजोमा पुग्ने कि आफैले सावधानी अपनाएर ब्यवसाय संचालनलाई ब्यवस्थित पार्दै लैजाने भन्ने कुरा हाम्रै हातमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here