निजी क्षेत्रले कोरोना भाईरसको प्रभावका कारण ब्यवसायहरु संकटमा परेकाले राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट नेपालको आर्थिक क्षेत्रलाई पनि प्रभावित पारेकाले राहत प्याकेज अत्याबश्यक हुन गएको निजी क्षेत्रको भनाई छ । नेपालमा खासगरी होटेल, रेस्टुराँ, एयरलाइन्स, सपिङ मल, अटोमोबाइल, सिनेमा हललगायत क्षेत्रमा कोरोनाको प्रभाव परेको निजी क्षेत्रका उद्यमीले बताएका छन ।

कोरोना संक्रमणको आशंकामा विभिन्न देशबाट आउने पर्यटकहरु बन्द भएको, आयात ठप्प रहेको र घरेलु ब्यवसायमा समेत मन्दीको अबस्था देखिएकाले सरकारको राहत विना ब्यवसायको पुर्नउत्थान संभव नरहेको निजी क्षेत्रको भनाई छ । भुकम्प र नाकाबन्दीको भन्दा विकराल अबस्था आउँनसक्ने आँकलन निजी क्षेत्रको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमीहरुसँग गरेको छलफलमा सरकारले ढिला नगरी राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिईएको थियो ।

कतिपय उद्यमीहरुले भने प्याकेजले मात्रै नपुगेर आर्थिक संकटकाल नै घोषणा गर्नुपर्ने माग राखेका छन ।

चैत मसान्तमा धेरै उद्योगी–व्यवसायीले किस्ता, ब्याज तथा कर तिर्न नसक्ने अवस्था रहेको भन्दै त्यसलाई पर सार्न माग गरिएको छ ।

अर्थमन्त्री खतिवडाले भने कोरोना प्रभावको आँकलन गरिरहेको भन्दै प्रभावित हुने उद्योग ब्यवसायको पहिचान गरी राहत घोषणा हुने बताएका छन् । उनले प्रभावित हुने बाहेकका उद्योग ब्यवसायले सरकार दिने राहत नपाउने स्पष्ट गरेका छन् ।

जुन क्षेत्र बढी प्रभावित छ अथवा जसलाई समस्या परेको छ, उसलाई सरकार र सम्बन्धित निकायले सहुलियत तथा सुविधाहरू दिने संभावना छ ।

राष्ट्र बैंकले पनि कोरोना प्रभावित उद्योग ब्यवसायलाई राहतको कार्यक्रम ल्याउन अध्ययन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here