चीनबाट फैलिएको कोरोना भाईरस प्रकोपका कारण प्रभावित हुने उद्योग ब्यवसायलाई राहत दिन नेपाल राष्ट्र बैंकले राहत प्याकेज आउनसक्ने संकेत गरेको छ ।

राष्टं बैंकले फागुन १९ गते सार्वजनिक गरेको मौद््िरक नीतिको अद्र्धबार्षिक समीक्षामा कोरोना भाईरसका कारण नेपालका उद्योग ब्यवसाय प्रभावित भए उनीहरुलाई राहत दिईने उल्लेख छ ।

मौद्रिक नीतिको समीक्षामा भनिएको छ, कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ ।

राष्ट्र बैंकले पहिले प्रभाव आँकलन गर्ने र त्यसपछि आबश्यकता अनुसार कदम चाल्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here