सरकारले कोरोना संक्रमणको प्रभावबाट अर्थतन्त्रलाई खस्किन नदिन निजी क्षेत्र र कामदार बर्गमैत्री राहत प्याकेज ल्याएको छ ।

आईतबार बसेको मन्त्रिपरिषद बैठकले राहत प्याकेज पारित गरेको हो ।

बैठकले मूल्य अभिवृद्धि कर अन्तर्गत गत फागुनको मासिक, माघ र फागुनको दुई मासिक तथा दोस्रो चौमासिक विवरण र त्यस बमोमिको कर दाखिला गर्नुपर्ने कर आगामी साल वैशाख २५ गतेसम्मको लागि थप गरेको छ ।

आय कर अन्तर्गत फागुनको मासिक तथा माघ र फागुनको दुई मासिक विवरण अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण एवं विवरण बमोजिम कर बुझाउने म्याद वैशाख २५ सम्म दिइएको छ ।

चैत मसान्तसम्म बुझाउनुपर्ने दोस्रो चौमासिक आय करको विवरण तथा त्यस बमोजिम कर गर्नुपर्ने कर दाखिलाको म्याद पनि वैशाख २५ सम्म पुर्‍याइएको छ ।

सरकारले यातायात तथा सवारीचालक अनुमतिपत्र नविकरण , प्रदूषण नविकरण, रुट नवकरण गर्ने म्याद बैशाख मसान्तसम्म दिने निर्णय गरेको छ ।

त्यस बापत सरकारले कुनै पनि जरिवान शुल्क नलिने निर्णय गरेको छ ।

सरकारले सहरी क्षेत्रमा रहेका श्रमिकहरुले तिर्नुपर्ने घरभाडा एक महिनाको लागी मिनाह गर्न सम्बन्धित घरधनिलाई आग्रह गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले श्रमिकको लागि यस्तो प्याकेज ल्याएको हो । यसरी मिनाह गरिएको घरभाडामा घरबाहल कर नलिने भएको हो ।

केन्द्र सरकार तथा प्रदेश सरकारले बनाएको कोरोनाविरुद्धको रोकथाम तथा नियन्त्रण कोषमा जम्मा भएको रकमलाई खर्चमा गणना गर्न मिल्नेगरी त्यसमा कर नलाग्ने व्यवस्था पनि सरकारले गरेको छ ।

स्वास्थ्यसम्बन्धी उपकरण आयात गर्दा लाग्ने सबै भन्सार महसुल माफी गर्ने निर्णय पनि भएको छ ।

सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ ।

५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । मदिरा, मरिच, सुपारी, केराउ, छोकडा आयातमा पनि रोक लगाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here