नेपालमा कोरोना संक्रमितको संख्यासँगै मृतकको संख्यामा पनि बृद्धि भएको छ ।

जेठ २४ गते थप दुई जनाको मृत्यु भएर कोरोना संक्रमित भई मर्नेको संख्या १३ पुगेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ बर्षीया महिला र डोल्पामा ५८ बर्षीय परुषको मृत्यु भएको हो ।

शनिबार संक्रमितको संख्या ३ सय २३ जना थपिएर ३ हजार २ सय ३५ पुगेको छ । पछिल्लो विवरण अनुसार काठमाडौमा ४ र भक्तपुरमा एक जनामा संक्रमण भएको पुष्टि भएको छ ।

कपिलबस्तु ५०, बर्दिया २६, बाँके १२, रुपन्देही ३, नवलपरासी २ , अर्घाखाँची १, दैलेखमा ४७ सहित कर्णाली प्रदेशमा ९९, महोत्तरी ३५, धनुषा १४, सप्तरी ५ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको छ ।

लकडाउन खुकुलो पारेर आर्थिक गतिबिधि शुरु गर्न लाग्दा कोरोना संक्रमणसँगै त्यसबाट मृत्यु हुनेहरुको संख्या बढेकाले अति सावधानीका साथ अगाडि बढ्नुपर्ने आबश्यकता खटकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here