नेपाल राष्ट्र बैंकले क्रिप्टो करेन्सीहरुमा लगानी नगर्न सर्बसाधारणलाई फेरि सूचित गरेको छ ।

राष्ट्र बैंकले सूचना प्रकाशित गरी पटक पटक सचेत गराउँदा पनि गैरकानूनी रुपमा क्रिप्टो, हाईपर फण्ड, नेटवर्किड. जस्ता गतिविधिमा लाग्नेहरु भेटिएकाले पुन: सचेत गरिएको जनाएको छ ।

राष्ट्र बैंकले बिटकोईन, भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, हाईपर फण्ड र पीरामीड शैलीको नेटवर्क मार्केटिड.प्रतिबन्धित रहेकाले त्यस्ता गतिविधिहरुमा संलग्न रहेको पाईए कडा कारबाही हुने जानकारी दिएको छ ।

उसले यस अघि पनि पटक पटक यससम्बन्धी सूचनाहरु सार्वजनिक गरिएको स्मरण गराएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here