अर्थमन्त्री खतिवडाः फाईल फोटो

प्रधानमन्त्री केपी ओलीले अति विस्वास गरेका र आफ्नो सल्लाहकार टोली भित्र दोस्रो बरियतामा पारिएका अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको साँसद पदावधि नथपिने निश्चित भएको छ ।

सत्ताधारी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभाको कार्यकाल पुरा गरेका कसैलाई पनि नदोहोर्याउने निर्णय गरिसकेकोले खतिवडाको सवालमा पनि त्यो लागू हुने भएको हो । नेकपाले राष्ट्रिय सभामा दुई बर्षे पदावधि समाप्त गरेकाहरुको स्थानमा पठाउँन १६ जनाको उम्मेदवारी घोषणा गरिसकेको छ, त्यसमा कोही पनि दोहोरिएका छैनन् ।

खतिवडा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएकाले सरकारले गर्ने सिफारिस सचिवालय बैठकको निर्णयमा आधारित हुने पक्का छ । खतिवडाको स्थानमा बामदेव गौतमक वा अन्य नेतालाई सिफारिस हुनेसक्ने संभावना छ, यद्यपी बामदेवले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएर जाने वा नजानेबारे स्पष्ट पारिसकेका छैनन् ।

अर्थमन्त्री खतिवडाको सांसद पद फागुन २० गतेसम्म रहने भए पनि माघ ९ गते राष्ट्रिय सभाको रिक्त सदस्यको निर्वाचन समाप्त हुनासाथ उनीमाथि अर्थमन्त्री छाड्नुपर्ने नैतिक संकट आउने देखिएको छ ।

दुई बर्ष अर्थमन्त्री हुँदा देशको कुनै पनि बर्ग र तहलाई सन्तुष्ट पार्न नसकेको, नेकपाको पुरै नेतृत्व असन्तुष्ट रहेको, आधा बर्ष सकिदा पनि पूँजीगत खर्च १० प्रतिशत बढाउँन नसकेको, उद्योगी, ब्यवसायी र सर्बसाधारणमा करको आतंक सिर्जना गरेको, राजश्व संकलनमा प्रगति नभएको र अर्थमन्त्री हुँदा दुई बर्षमा कायापलट गर्छु भनी गरेको बाचा पुरा नगरेकोले खतिवडा हट्नुपर्ने बाध्यता सिर्जना भएको छ । प्रधानमन्त्रीले गरेको कार्य सम्पादनमा समेत खतिवडाको अवस्था निकै दयीय देखिएकाले उनलाई सांसदमा दोहोर्याउँन प्रधानमन्त्री ओलीलाई नै मुस्किल पर्ने अवस्था छ ।

खतिवडालाई राष्ट्रिय सभाको साँसदमा निरन्तरता दिने हो भने उनलाई बारम्बार उच्च पदहरुको अवसर दिएर नेकपामा उनको अपरिहार्यता र अलौकिकता कायम राखेको आक्षेप नेतृत्वले खेप्नु पर्छ ।

नयाँ बजेट बनाउँन समयमा नै नयाँ सोच रसहितको राजनीतिक पृष्ठभुमिको ब्यक्ति अर्थमन्त्रीमा ल्याउनु आबश्यक भएकाले खतिवडाको बहिगमन अनिबार्य बन्न गएको छ ।

नेकपाको स्रोत भन्छ, खतिवडाको साँसद पद नविकरण हुँदैन, उनी हट्छन् । निश्चिन्त हुनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here