सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले बामदेव गौतमलाई राष्ट्रिय सभामा नलगी अर्थमन्त्री डा. युवराज खतिवडालाई फेरि मनोनित गरिए सत्ताधारी पार्टी फुट्ने खतरा उत्पन्न भएको छ ।

“सचिवालयले सर्बसम्मत रुपमा गरेको र निर्णयमा आफ्नो समेत सहमति रहेको कुरालाई पन्छाएर प्रधानमन्त्रीले खतिवडालाई नै मनोनित गरेमा पार्टीले उहाँलाई हटाउँछ, त्यसपछि पार्टीको अबस्था के हुन्छ, भन्न सकिन्न”, नेकपाका एक नेताले भने ।

यसअघि ओलीका विस्वासपात्रको रुपमा देखा परेका महासचिव बिष्णु पौडेलले समेत सचिवालयको निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने अडान लिएका छन् । उनले बामदेवलाई राष्ट्रिय सभामा लैजाने पार्टीको सर्बसम्मत निर्णय भएकाले त्यसको विकल्पमा अन्य कुरा सोच्न पनि नसकिने सार्वजनिक अभिब्यक्ति दिएका छन् । सचिवालयको निर्णय कुनै पनि हालतमा कार्यान्वयन हुने उनको स्पष्ट धारणा छ ।

बामदेवको विकल्पमा खतिवडालाई मनोनीत गर्ने निर्णय मन्त्रिपरिषदले गर्न नसक्ने र त्यसो गरिहालेमा पनि राष्ट्रपतिले खतिवडालाई दोहोर्याएर मनोनित गर्न नैतिक संकट उत्पन्न हुने अबस्था छ । प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्या भण्डारी दुबैले खतिवडालाई फेरि मनोनित गरेर अर्थमन्त्री बनाईरहन खोजेको भए पनि बामदेवलाई पन्छाएर यसो गर्नू सरकारका लागि आत्मघाती हुने देखिन्छ ।

“ओलीले खतिवडालाई मनोनित गर्न मन्त्रिपरिषदबाट एकलौटी निर्णय गरेमा मन्त्रिपरिषद भित्रैबाट विद्रोह हुनसक्छ र केही मन्त्रीहरुले तत्काल राजीनामा घोषणा गर्नसक्छन्”- स्रोतले भन्यो ।

आफै पार्टी अध्यक्ष भएर पार्टीको सर्बसम्मत निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको राजीनामा नेकपाले औपचारिक निर्णय गरी माग्न सक्ने हुँदा गंभीर संकट निम्तिनसक्ने खतरा छ । प्रधानमन्त्रीले रीसको झोकमा संसद भंग गरी मद्यावधि चुनावको विकल्प खोज्नसक्ने संभावना किन पनि छैन भने ओली आफै विरामी छन् र गोकुल बास्कोटाको राजीनामापछि उनको गुट छिन्नभिन्न अबस्थामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here