पूँजी बजारप्रति संकुचित दृष्टिकोण राख्ने अर्थमन्त्री डा. युवराज खतिवडाको लहैलहैमा लाग्दा सरकारमाथि नै संकट आउने देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमा शेयर बजारप्रतिको चासो बढेर गएको छ ।

सरकारको पूँजी बजार बिरोधी नीतिले सरकारप्रति नै बितृष्ण बढेको र पार्टी भित्रै सरकारको आलोचना सुरु भएको अवस्थामा प्रधानमन्त्री ओली आफ्ना विस्वास पात्र खतिवडालाई अलि पर राखेर सम्बद्ध पक्षसँग अन्र्तक्रिया गर्न थालेको समाचारहरु बाहिरिएका छन् । यसअघि प्रधानमन्त्री ओली शेयर बजारबारे अर्थमन्त्री खतिवडा बाहेकका कुरा नै नसुन्ने अडानमा थिए ।

शेयर बजारमा लगातारको गिरावट आएर धेरै लगानीकर्ताले गुमाई भयावह स्थिति उत्पन्न भएपछि सरकारले पूँजी बजारका समस्या के हुन् र कसरी समाधान गर्न सकिन्छ भन्नेतफ बिचार गर्न थालेको बताईन्छ ।

प्रधानमन्त्री ओलीका सल्लाहकारहरुले पूँजी बजारसम्बन्धी सबै कुरा अर्थमन्त्री खतिवडालाई मात्र थाहा हुने भन्दै सरोकारवालाहरुले राखेका सुझावहरुलाई वेवास्ता गर्दै आएका थिए । अर्थमन्त्री खतिवडा भने केही ब्यक्तिको हातमा शेयर बजार रहेकाले उनीहरुलाई ठीक नपारी अरु कुरामा ध्यान नदिने अडानमा देखिएका थिए ।

तत्कालीन नेकपा एमाले र अहिलेको नेपाल कम्युनिष्ट पार्टी भित्र शेयर बजारबारे जानकार एक, दुई जना नेता बाहेक अरु नभएको र उनीहरुलाई भुमिकाविहिन बनाएकाले सबै कुरा खतिवडाकै निर्णयमा निर्भर रहँदै आएको थियो । सत्ताधारी दल भित्र खतिवडा कै विकल्प खोज्नुपर्ने बारेमा दबाब सिर्जना भएपछि प्रधानमन्त्री ओलीले आफ्ना विस्वास पात्रको बचाउमा शेयर बजार सुधारका विकल्पहरु बारे छलफल चलाएको स्रंोतको भनाई छ । खतिवडाको हैसियत पार्टीमा केही नभए पनि उनलाई अर्थमन्त्री बनाएकोमा तत्कालीन एमालेका धेरै नेता कार्यकर्ता रुष्ट थिए । सरकार गठनको बेलामा अर्थमन्त्रीको दावी गरेका बर्तमान उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले मंगलबार आफ्नो असन्तुष्टि सार्वजनिक गरेका थिए ।

स्रोत भन्छ, खतिवडाको गलत नीतिको कारण जनतामा पार्टीको साख गिरेकोले विकल्प खोज्न नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिन थालेका छन् ।

शेयर बजारको बिकासप्रति सकारात्मक दृष्टिकोण राख्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडाले कुनै भाउ नदिने गरेका थिए । प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालले समेत अर्थमन्त्रीकै लहैलहैमा लागेर सरकारलाई पूँजी बजार बिरोधी कदम चाल्न उक्साएको आरोप लागेको छ ।

प्रधानमन्त्रीले मौद्रिक नीतिमार्फत मार्जिन कर्जाको सिमा बढाउनेलगायतका सुधारहरु गर्ने विकल्पबारे समेत विचार विमर्श गरेको समाचारहरु आएका छन् तर शेयर बजारबारे अनुदार धारणा राख्ने अर्थमन्त्रीको सहमति विना प्रधानमन्त्रीको निर्देशनले मात्रै कति काम गर्ला, परिणामका लागि केही दिन कुर्नैपर्छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here