जलबिद्युत कम्पनीको सेयर भन्दैमा संस्थापक सेयरमा भए भरको पैसा खन्याउने र दोस्रो बजारमा उचालिएर महंगो मूल्यमा सेयर किन्नेहरुलाई घाटा खानुपर्ने अबस्था आइपर्नसक्छ भन्ने कुरामा खानीखोला हाईड्रोपावरले सचेत गराएको छ ।

गत बर्ष सर्बसाधारणमा सेयर निश्काशन गरेको खानीखोला हाईड्रोले यस बर्षको तेस्रो त्रैमासमा ११ करोड २८ लाख खुद घाटा ब्यहोरेको बित्तीय विवरण प्रकाशित गरेर सेयरधनीलाई झस्काएको छ । त्यसका सेयरधनीले एक कित्ता सेयर बराबर २४ रुपैयाँ २३ पैसाले घाटा ब्यहारेका छन् । ७३ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात ५ गुणा ऋणात्मक छ ।

४६ करोड ५७ लाख चुक्ता पूँजी रहेको खानीखोलाको २३ करोड रुपैयाँ जग्ेडा घाटा ब्यहोरेको देखाएको छ भने ८२ करोड रुपैयाँ बैंकको कर्जा छ । उसले यस बर्षको नौ महिनाको अबधिसम्ममा ५ करोड ८२ लाख रुपैयाँ मात्र बिवजुली बिक्री गरेर कमाएको देखाएको छ ।

ललितपुरमा खानीखोलाबाट २ मेगावाट र टुंगुन ठोस्नेखोलाबाट ४।३६ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ । आयोजनाको विजुली मातातीर्थ माल्टा ३३ केभी प्रसारण लाईन पुरा नभएकाले राष्ट्रिय प्रसारणमा पुरै जोडिन नपाउँदा हालसम्म १३ करोड रुपैयाँ खुद घाटा ब्यहोर्न परेको कम्पनीले जनाएको छ । पानीको स्रोतमा हुने कमीले आयोजनाको विजुली उत्पादनमा हुने कमीको खतरा पनि छदैछ ।

चर्को निर्माण लागत र विद्युत उत्पादन तथा प्रसारण लाईनमा देखिने समस्याले साना आयोजनाहरुमा लगानीको जोखिम बढी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here