काठमाडौ । बिगतमा खराब भएका संस्थाहरुलाई बिघटनमा लैजादा प्रक्रिया पुरा गर्न नसकी राष्ट्र बैंक नै थाकेर बैकल्पिक बाटो खोजेपछि त्यसको असर हिमालय फाईनान्समा पनि परेको छ ।

हिमालयभक्त प्रधानांड.ग समूहको बदमासीले संकटग्रस्त बनेपछि राष्ट्र बैंकले हिमालय फाईनान्सलाई खारेजीमा लगेर उच्च अदालत पाटनको आदेश अनुसार लिक्विडटेर नियुक्त गरेको थियो । खारेजी प्रक्रिया सम्पन्न गर्न अनन्तकाल लाग्ने हुँदा संस्थालाई पुनर्सरचना गरी संचालनमा ल्याउने प्रयास सुरु भएको छ ।

हिमालय फाईनान्सले संस्थापक र साधारण सेयरधनीका साथै निक्षेपकर्ताहरुलाई सार्वजनिक सूचना प्रकाशित गरी संस्था पुर्नसंरचनासम्बन्धी सुझाव र प्रतिबद्धता मागेको छ । बिगतको बदमासीमा संलग्न नभएका संस्थापक र साधारण सेयरधनीका साथै निक्षेपकर्ताहरुलाई संस्था पुर्नसंरचनामा सहभागी हुन सक्ने कि नसक्ने भन्ने बारेमा १५ दिन भित्र प्रतिबद्धता जनाउन भनिएको छ । हिमालय फाईनान्सका एक संस्थापकले नयाँ लगानीकर्ताहरुले चासो देखाएकाले हालका संस्थापक र साधारण सेयरधनीसँग राय र प्रतिबद्धता मागिएको सेयरलगानी डटकमलाई बताए ।

राष्ट्र बैंकले नयाँ बैंक तथा बित्तीय संस्थाहरु खोल्न बन्द गरेपछि यस्ता संकटग्रस्त संस्थाहरु किनेर चलाउनेहरु पनि देखिएका छन् । समस्याग्रस्त बनेका १३ संस्था मध्ये अधिकांशमा नयाँ लगानीकर्ता आएर संचालनको तयारी भईरहेका छन् ।

१४ करोड चुक्ता पूँजी रहेको हिमालय फाईनान्स खारेजीमा जानु अघि अन्तिम पटक प्रति कित्ता १८ रुपैयाँमा सेयर कारोबार भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here