धादिङ र नुवाकोटको सिमामा बन्ने भनिएको ७५ मेगावाटको त्रिशुली गल्छी आयोजनाको विद्युत उत्पादन लाईसेन्स र विद्युत खरिद सम्झौता (पीपीए) खारेज भएको छ ।

विद्युत विकास विभागले केही समय अघि आयोजनाको विद्युत उत्पादन लाईसेन्स खारेज गरेकोमा विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता (पीपीए) पनि खारेज गरेको हो ।

सिद्धकाली पावर कम्पनीले तोकिएको समयमा लगानी जुटाउँन नसकेपछि सम्झौता खारेज भएको प्राधिकरणले जनाएको छ । २०७३ बैसाख २० मा पीपीए भएको थियो ।

प्रबद्र्धक गूरुप्रसाद न्यौपाने समूहले ७५ मेगावाटको सो आयोजना बनाउँन चिनियाँ लगानकिर्ताहरुसँग सम्झौता गरेपनि लगानी आउँन सकेन । त्यसपछि आयोजनाको क्षमता घटाएर ३० मेगावाटमा झार्ने प्रयास भएको थियो तर त्यो पनि सफल नभएपछि सम्झौता नै खारेजीमा परेको हो ।

कम्पनीमा सुशासन र पारदर्शिताको सवाल पनि उठेको थियो ।

अहिले बास्केट फण्डमा हालिएको यो आयोजना अब कसले पाउँछ भन्ने चासो बढेको छ । न्यौपाने समूहले भने आयोजना आफैले लिने प्रयास गर्ने भएका छन् । आयोजना निर्माणका लागि भन्दैे धादिड., नुवाकोट र देशका विभिन्न ठाउँका सर्बसाधारणले न्यौपाने समूहमार्फत डेढ अर्ब हाराहारीमा रकम जम्मा गरेका थिए । अब उनीहरुको लगानी के हुन्छ भन्ने कुरा आयोजना कसले बनाउँछ भन्ने कुराले निर्धारण गर्नेछ ।

आयोजना बनाउने भन्दै सिद्धकाली पावरले स्थानीयहरुको जग्गा समेत लिईसकेको अबस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here