आईसिएफसि फाइनान्स र गणपति माईक्रोफाइनान्सको बोनस शेयर चैत ४ गते नेप्सेमा सुचिकृत भएको छ ।

दुई कम्पनीको गरी ५ लाख १५ हजार ७ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको छ जसमा आईसिएफसी फाइनान्सको ४ लाख ४३ हजार २ सय ९६ कित्ता रहेको छ भने गणपति माईक्रोफाइनान्सको ७२ हजार ४ सय ५० कित्ता रहेको छ ।

फाइनान्सले पुस १४ गते सम्म कायम शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजन सहित ८ प्रतिशत नगद लाभांश वितरण गरको थियो । नगद लाभांश भने यसअघि नै शेयरधनीको बैंक खातामा पठाईसकेको छ ।

बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ९२ करोड ६२ लाख ८१ हजार कायम हुनेछ ।

यसैगरि गणपति माईक्रोफाइनान्सले मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुलाई आफ्नो चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ११ करोड ७ लाख ४५ हजार रुपैयाँ कायम हुनेछ । संस्थाले यहि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव समेत गत साधारणसभा बाट पारित गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here