वाणिज्य बैंकहरुको ऋणपत्रमा आबेदन नआएर म्याद थप गरिरहेको बेला गुडविल फाईनान्सको ऋणपत्रमा आबेदन दिनेको घुईचो लागेको छ ।

गुडविलको ऋणपत्रमा माग भन्दा ३.१४ गुणा बढिले आबेदन दिएका छन् ।

१२ प्रतिशत आर्कषक व्याजदर भएको कारणपनि गुडविलको ऋणपत्रमा आबेदकको घुईचो लागेको हो ।
सर्बसाधरणतर्फबाट ऋणपत्रमा १ हजार २३ जना आवेदकबाट ३१ करोड ४२ लाख ५१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
गुडविलले फागुन २८ गतेबाट चैत २ गतेसम्म २५ करोड रुपैयाँ बराबरको २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमा १ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने व्यवस्था रहेको थियो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको यस ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज रहेको छ । कम्पनीले ७ वर्ष अवधिको ‘१२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ नाममा ऋणपत्र बिक्री खुला गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here