कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानिय बासिन्दाका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

यसका लागि कम्पनीले पुस २१ गते  धितोपत्र बोर्डबाट  अनुमति पाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर जारी गरेपश्चात दास्रो चरणमा कर्मचारी र अन्य सर्वसाधारणका लागि २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ को १२ लाख कित्ता आइपिओ बिक्री गर्ने  छ।

आइपिओ बिक्रीका लागि कम्पनीले काठमाण्डौं क्यापिटल मार्केट तथा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकको संयुक्त जिम्मेवारी दिएको छ।
इक्रा नेपालले कम्पनीलाई ग्रेड फोर रेटिङ दिएको छ, जसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत भन्दा कम्जोर रहेको बुझिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here