ग्रिन डेभ्लपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आर्थिक बर्षको तुलनामा खुद नाफा घटेको छ ।

गत आर्थिक बर्षमा १ करोड ८ लाख कमाएको थियो भने चालु आर्थिक बर्षमा १ करोड ४ लाख कमाएको छ ।
गत बर्षको सोहि अवद्यीको तुलनामा खुद नाफा ४ लाखले घटेको हो ।

बैंकको अन्य खर्च बढेपछि खुद नाफा घटेको हो ।
बैंकको कर्मचारी खर्च ७८ लाख रुपैयाँ बढेर १ करोड ७० लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ५८ लाख ४९ हजार रुपैयाँ बढेर ९४ लाख १६ हजार पुगेको छ । यसका साथै बैंकको ह्रासकट्टी खर्च ४८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ३० करोड ८२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी १ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ, भने ४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ५ लाख ८४ हजार रुपैयाँ घटेर १ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको हाल चुक्ता पूँजी ५० करोड रहेको छ, भने जगेडा कोषमा १ करोड ९२ लाख रहेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ १७ पैसा रहेको छ, भने निष्कृय कर्जा २.३२ प्रतिशत रहेको छ । गत बर्ष २.३० प्रतिशत निष्कृय कर्जा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here