दोलखा जिल्लामा ४० मेगावाटको खानीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको ग्रीनलाईफ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीयको लागि बिक्रीमा ल्याएको १८ लाख कित्ता साधारण शेयरमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले गत माघ २२ गते देखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजीको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर आइपीओ बिक्रीमा ल्याएको थियो ।

कुल निष्काशनमध्य कम्पनीले समूह क, अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता, समूह ख अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिन्दाका लागि ७ लाख २० हजार कित्ता र समूह ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु, वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्याएको छ

कम्पनीको आइपीओमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सेन्चुरी कमर्सियल बैंक सिंगटी र चरीकोट शाखा तथा प्राइम बैंकको जिरी र बैतेश्वर शाखाबाट पनि आवेदन दिन सक्नेछन ।

कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्रीपछि सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गर्नेछ ।

बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । जसले कम्पनीको अवस्था औसतभन्दा कमजोर देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here