जनता बैंकलाई गाभेर शेयर कारोबार खुले संँगै ग्लोबल आईएमई बैंकको शेयरमा अत्यधिक खरिद चाप परेको छ ।

नेप्सेले हिजो आईतबार ओपनिङ रेन्ज दिए सँगै आज सोमबारबाट कारोबार खुलेको छ ।

कारोबार खुलेको आधा घण्टा नबित्दै करीब ३७ लाख कित्ताको खरीद आदेश प्राप्त भईसकेको छ । तर बिक्री आदेश भने एउटा पनि आएको छैन ।

नेप्सेले प्रतिकित्ता २५२.४७ रुपैयाँ ओपनिङ रेन्ज दिएको बैंकको आज सोमबार कारोबार २४५ रुपैयाँमा खुलेको थियो ।

खरीद चाप अत्याधिक परेको कारण प्रतिकित्ता शेयर मुल्य ३० मिनेटमा २७७ पुगेको छ । मध्यान्ह साढे १२ बजेसम्म जम्मा ८ सय कित्ता मात्र किनबेच भएको छ ।

१० प्रतिशतले बढेर आजको अधिकतम मूल्य २७७ रुपैयाँमा १ हजार ३ सय ६८ जनाले २१ लाख भन्दा बढी कित्ता शेयर माग गरेका छन् तर धेरै लगानीकर्ताहरुले यति सस्तो मूल्यमा शेयर बेच्न चाहिरहेका छैनन् । ग्लोबलको शेयर आज मात्रै ३६ लाख कित्ता माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here