ग्लोबल आईएमई बैंकमा गाभिएको जनात बैंकको शेयर स्वाप समेत मिलान गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

जनता बैंकलाई ग्लोबलले दिएको स्वाप रेसियो १०० कित्ता बराबर ८५ कित्ताको दरले ७ करोड २० लाख ८७ हजार ८१ कित्ता शेयर माघ १ गतेको निर्णय अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले कारोबार गर्न मिल्ने गरी शेयर सूचीकरण गरिएको जनाएकाले शेयर खातामा प्राप्त गर्नासाथ लगानीकर्ताले किनबेच गर्न पाउने छन् ।

अब माघ २ गतेदेखि नै ग्लोबल बैंकको शेयर कारोबार खुल्ने भएको छ ।

ग्लोबल आईएमई बैंक धेरै चुक्ता पूँजी र निक्षेप भएको बाणिज्य बैंक हो । जनतालाई गाभेपछि बोनस समेत जोडेर ग्लोबलको चुक्ता पूँजी १८ अर्ब ९७ करोड भएको छ । उसको शेयरको पहिलो कारोबारको मूल्य २४० रुपैयाँदेखि २६० रुपैयाँसम्म हुनसक्नेसंभावना छ ।

यही मूल्यमा कारोबार खुलेमा ग्लोबलको शेयर मूल्य धेरै सस्तो हुने हुँदा शुरुवाती अबस्थामा यसको शेयर पाउँन मुस्किल पर्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here