शेयरको मूल्य धेरै घट्यो, अरु घट्ला भन्दै घाटा खाई सस्तोमा राम्रो कम्पनीको शेयर बेचेर केही सर्बसाधारण लगानीकर्ताहरु भागिरहेको बेला ब्रोकर सम्बद्ध लगानीकर्ता भने घटेर सबैभन्दा सस्ता्े मूल्यमा शेयर उठाउँन तम्तयार हुन थालेका छन् ।

ब्रोकरहरुले सेटलमेन्ट मिलाउँन नसकी बिक्रीका लागि दबाब दिएकोमा अब त्यो समस्या लगभग समाधान भईसकेर ब्रोकरहरु सहज अबस्थामा आईसकेकाले फेरि खरिद चाप पर्नसक्ने संभावना बढेर गएको छ ।

कतिपय राम्रा कम्पनीको शेयर मूल्य ५० प्रतिशतसम्मले घटेकाले बजारबाट छानी छानी शेयर किन्ने उत्तम अवसर सिर्जना भएको छ । लाभांशमा आधारित वा पूँजीगत लाभ हासिल गर्ने हिसाब नै किन नहोस्, दुबै खाले सोच भएका लगानीकर्ताका लागि खरिदको उत्तम अबसर सिर्जना भएको छ ।

मंगलबार शेयर बिक्रीको चाप कम भई कारोबार रकम समेत एक अर्ब ४५ करोडमा झरेकाले बुधबार वा बिहीबार नै खरिद चाप देखिनसक्ने संभावना छ । सर्बसाधारण लगानीकर्ता आँत्तिने क्रम अरु केही दिन जारी रह्यो भने अर्को साता मात्रै ब्रोकरसम्बद्ध लगानीकर्ताले खरिद बढाउँन सक्छन् ।

ब्रोकरसम्बद्ध लगानीकर्ताको प्रहार त्यही हुन्छ, जहाँ हान्दा बढी उफ्रिन्छ । यिनीहरुले कतिखेर आक्रमण गर्छन, भन्न गाह्रो छ तर मौका भने हेरिरहेका छन् । एउटा रेन्जमा शेयर उठाउने र अर्को रेन्जमा लगेर बेच्ने नै यिनीहरुको रबैया हुन्छ, यसलाई बुझ्न सकेमा कारोबारी लगानीकर्ताहरुले फाईदा लिनसक्छन् तर नबुझ्नेहरुका लागि यस्तो किनबेच जोखिमपूर्ण हुनसक्छ ।

कतिपय समयमा ब्रोकर सम्बद्ध लगानीकर्ता र खेलाडीहरु नै चिप्लिन्छन् । किन्नुपर्ने बेलामा किन्न नसक्ने र बेच्नुपर्ने बेलामा बेच्न नभ्याउने हुँदा उनीहरु पनि पछुताउछन् र बजारले छक्याईदिन्छ । बजारलाई आफ्नो इृच्छा अनुसार चलाउँन खोज्दा एक्लैले नसकेपछि “सामुहिक बल” लगाएर माहौल खडा गर्ने प्रयास हुन्छ । अहिले अनलाईन प्रयोगकर्ताको संख्या बढ्दै गएकाले पनि ब्रोकर समबद्ध लगानीकर्तालाई मुस्किलको सामना गर्नु परेको हो तर बजार पुरै स्वचालित नभईसकेकाले ब्रोकरसम्बद्ध लगानीकर्ता र खेलाडीहरुको चलखेलको प्रभाव परि नै रहेको छ ।

कोरोना भाईरसको त्रास र अन्य प्रकारका आतंकपूर्ण प्रचारबाजीमा समेत कमी आएकाले सर्बसाधारण लगानीकर्ताको मनोबल कमजोर हुने क्रम रोकिनासाथ अहिले घटेको मूल्यमा शेयर नपाईनसक्छ । शेयर बजारमा अन्य कुराहरुका साथै लगानीकर्ताको मनोवल पनि मुख्य हो ।

शेयर बजारमा शेयरको मूल्य घटाउने र बढाउने खेल निरन्तर जारी रहने हुँदा यसबाट लाभ लिन लगानीकर्ता चुक्नुहुन्न । शेयर बेचेर हातमा पैसा लिएर बसेकाहरु अरु घटोस वा घटेको मूल्यमा किन्न पाईयोस भन्छन् भने शेयर धारण गरेर बसेकाहरु मूलय धेरै बढेर फाईदामा बेच्ने मौकाको खोजीमा हुन्छन् । यो परस्पर विरोधी लडाई निरन्तर जारी रहन्छ । यति अत्यासलाग्दो अबस्था पनि आउँछ कि कतिपय साधारण लगानीकर्ताहरु घाटै घाटामा शेयर बेचेर भाग्छन् र सधैंका लागि गुमाउँछन्, राम्रो कम्पनीको शेयर सस्तोमा किनेर जो टिक्नसक्छ, शेयर बजारबाट उसैले कमाउँछ ।

कस्ता कम्पनीको शेयरमा लगानी गर्ने, आफ्नो जोखिमबहन क्षमता कस्तो छ भन्ने कुरा विचार गरेरगानीकर्ता आफैले किनबेचको निर्णय गर्नु एकदम आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here