घलेम्दी हाइड्रोपावरको १५ लाख कित्ता प्राथामिक शेयर धितोपत्र बजारमा सुचिकृत भएको छ ।

कम्पनीले गत पुस १५ गतेदेखि २३ गते सम्म सर्बसाधारण्मा निश्काशन गरेको १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर सुचिकरण भएको हो ।

कम्पनीको सुचिकृत शेयर आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा कारोबारमा आउने छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण भैरहेको ५ मेगावटको घलेम्दी जलविद्युत् आयोजनाको कुल एक अर्ब १५ करोड रुपैँया लागत लाग्ने अनुमान छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here