ङादी हाईड्रोपावर कम्पनीले आफ्नो छैठौँ बार्षिक साधारणसभा आगामि फागुन २७ गतेलाई बोलाएको छ ।
साधारणसभा अमृतभोग क्याटरर्स, कालिकास्थानमा बिहान १० बजे शुरु हुनेछ।

साधारणसभामा गत बर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पेश गरिने छ भने आगामि आ.व.को लागि लेखापरिक्षण नियुक्त समेत गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १५ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्नेछ। यस अनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभा तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड ५५ लाख ५४ हजार रुपैयाँ रहेको छ। कम्पनीले सोही चुक्ता पुँजीबाट ५ करोड ३५ लाख ५५ हजार रुपैयाँ नगद लाभांश बापत बाँड्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here