ङादी ग्रुप पावरले खुद नाफा घटाएर चालु आथिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजानिक गरेको छ ।

गत बर्षको तुलनामा कम्पनीको खुद नाफा २३ दशमलव ०४ प्रतिशतले घटेर १ करोड ८ लाख रुपैयाँमा भरेको छ । गत वर्ष उसले १ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खर्च बढ्दा र बिद्युत बिक्रिबाट आम्दानी घटरदा यसको खुद नाफा पनि घटेको छ । कम्पनीको बिद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । गत बर्ष बिद्युत बिक्रिबाट ३ करोड ४३ लाख रुपैयाँ कमाएको कम्पनीले चालु आर्थिक बर्षका ३ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै ङादीको सञ्चालन नाफामा पनि गिरावट देखिएको छ । सञ्चालन नाफा ९ दशमलव ८२ प्रतिशतले घटेको २ करोड ७३ लाख रुपैयाँमा झरेको छ ।

हाल ५३ करोड ५५ लाख रुपैयाँ शेयर पुँजी रहेको कम्पनीले जगेडा कोषमा ४ करोड २० लाख रुपैयाँ राखेको छ ।

ङादी ग्रुप पावरको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८५ पैसा र मूल्य आम्दानी अनुपात ३२ दशमलव ६७ गुणा बढी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here