चिलिमे जलविद्युत कम्पनीको सर्बसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने चार संचालकमा बिद्युत प्राधिकरण भित्र र बाहिरबाट भागबण्डा भएको छ ।

मंसिर ११ गते हुने २३ औं बार्षिक साधारणसभाबाट निर्वाचित सर्बसाधारणतर्फका चार संचालकका लागि एकल उम्मेदवारी परेकाले उनीहरु सर्बसम्मत हुने पक्का भएको हो

चिलिमेका नयाँ संचालकहरुमा बिद्युत प्राधिकरण भित्रबाट रामप्रसाद रिमाल र शान्तिलक्ष्मी शाक्य र बाहिरबाट तुलसीराम ढकाल, भीम तिमल्सिनाको एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध हुने भएका हुन् ।

ढकाल र तिमल्सिना सर्वसाधारण समूहका शेयरधनी हुन भने रिमाल र शाक्य संस्थापक नेपाल विद्युत प्राधिकरणसँग सम्बद्ध पूर्व कर्मचारी हुन् । हुन् । उनीहरु चारै जना  यसअघि पनि चिलिमेका संचालक थिए ।

२२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालन गरिरहेको कम्पनीले २७० मेगावाटका ४ आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here