चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको २० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा पठाउन थालेको छ।
चिलिमेको मंसिर ११ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सो मध्ये ५ प्रतिशत नगद लाभांश भने यसअघिनै शेयरधनीको खातामा पठाइसकेको छ ।
साधारणसभाले पारित गरेको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयरधनीको खातामा पठाएको हो।
शेयर अभौतिकीकरण गरेपश्चात मात्र बोनश शेयर वितरण गरिने हुँदा शेयर अभौतिकीकरण गराउन लगानीकर्तालाई आग्रह गरेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनसपश्चात चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पुगेको छ।