चिलिमे हाईड्रोपावरको बिद्युत बिक्रिबाट हुने आम्दानी घटे पछि नाफा पनि घट्न गएको छ ।


गत आ.व.को पुस मसान्तको तुलनामा ५५ लाख ८९ हजार ले बिद्युत बिक्रिबाट हुने आय घटेपछि नाफा पनि घटेको छ ।
चालु आ.व.को पुस मसान्तमा ३९ करोड ६६ लाख ३९ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आ.व.को सोही अवधिमा ४५ करोड ३१ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा ३ अर्ब ९४ करोड ३७ लाख ९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि कम्पनीको प्रतिशेयर आय पनि घटेको छ । गत आ.व.को दोस्रो त्रैमासको अन्त्यमा १९ रुपैयाँ ५ पैसा रहेको प्रतिशेयर आय यस बर्ष सोही अवधिमा १३ रुपैया ८९ पैसा पुगेको छ । त्यसैगरि हाल कम्पनीको ३०.५९ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ७ पैसा रहेको छ ।

हिमालयन उर्जा विकास, हिमालयन पावर पार्टनर, युनाईटेड मोदी, छ्याङदी हाईड्रोपावर र चिलिमे हाइड्रोले आ-आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् ।


हिमालयन उर्जा विकास कम्पनीले चालु आ.व.को दोस्रो त्रैमास सम्ममा २१ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आ.व.को पुस मसान्तमा कम्पनी ५ लाख १६ हजार खुद घाटामा रहेको थियो ।

अन्य आम्दानी बढेर प्रशाशनिक खर्च बढेपछि कम्पनीको नाफा बढेको हो । ९९ करोड चुक्ता पुँजी रहको कम्पनीको जगेडा कोष १ करोड ६ लाख ६५ हजार रुपैयाँले ऋणात्मक छ । गत बर्ष यसै अवधिमा १ करोड २६ लाख ७८ हजार रुपैयाँले ऋणात्मक थियो ।

संस्थाको समग्र वित्तीय विवरणलाई हेर्ने हो भने सुधारात्मक नै देखिन्छ किनकि गत आ.व.को पुसमा ६ पैसाले ऋणात्मक रहेको प्रतिशेयर आम्दानी हाल २२ पैसा पुगेको छ । त्यसैगरि प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ९२ पैसा पुगेको छ ।

त्यसैगरि युनाईटेड मोदी हाईड्रोपावर कम्पनीले पनि आफ्नो सुधारोन्मुख वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा गत आ.व.को पुस मसान्तको तुलनामा यस बर्ष करिब २० प्रतिशतले बढेको छ । गत आ.व.को पुस मसान्तमा ५ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको थियो जुन चालु आ.व.को पुस मसान्तको तुलनामा १९.९५ प्रतिशत कम हो । चालु आ.व.को दोस्रो त्रैमासको अन्त्यमा ६ करोड ६५ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको विद्युत बिक्रिबाट हुने आय सामान्य बढेसँगै नाफा पनि बढेको छ । गत आ.व.को पुस मसान्तसम्ममा १६ करोड ४५ हजार रुपैयाँ विद्युत बिक्रिबाट आम्दानी गरेको थियो भने यस बर्ष १७ करोड ६१ लाख ४८ हजार रुपैयाँ गरेको छ ।
१ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ८४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ८३ पैसा रहेको छ । त्यसैगरि प्रतिशेयर कुल सम्पतिको मुल्य १६९ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरि बिद्युत बिक्रि बढेपछि छ्याङ्दी हाईड्रोपावर कम्पनीको नाफामा पनि सुधार भएको छ ।


कम्पनीको विद्युत बिक्री आम्दानी र अन्य आम्दानी बढेसँगै पुस मसान्तसम्ममा हाइड्रोपावरले विद्युत बिक्रीबाट ३ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५ लाख रुपैयाँ बढी हो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा छ्याङ्दी हाइड्रोपावर लिमिटेड ले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २८ लाख रुपैयाँ बढी हो।गत आर्थिक वर्षको सोही अवधिसम्ममा हाइड्रोपावरले १ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो।

नेपाल विद्युत प्राधिकरणको पुरानो ३३ केभि प्रसारण लाइन मार्फत विद्युत प्रवाह गर्नुपर्ने भएको र २२० केभि प्रसारण लाइन उदीपुसबाट सञ्चालनमा नआएको हुँदा यस अवधिमा अपेक्षा गरिए अनुरुप सम्झौता बमोजिम कन्ट्रयाक्ट इनर्जीसम्मको विद्युत उत्पादन गर्न कम्पनी सफल भएको छ।

२८ करोड ३५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस हाइड्रोपावरको जगेडा कोषमा १ करोड ३४ लाख रुपैयाँ सञ्चित छ। हाइड्रोपावरको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९.८० गुणा रहेको छ।

हिमालयन पावर पार्टनर कम्पनील आफ्नो आयोजना निर्माणाधिन अवस्थामा रहेको र व्यावसायिक उत्पादन नभइसकेको भए पनि चुक्ता पुँजी, ऋण, दायित्व, सम्पति लगायतका शिर्षक उल्लेख गरेर वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ । अन्य कुनै पनि आय नभएकाले प्रतिशेयर आम्दानी र पिई रेसियो भने गणना गर्न सकिएको छैन। कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here