जलबिद्युत कम्पनीहरुले रातारात ब्यवसाय र कारोबार बिस्तार गरेर खुद नाफा पनि सोही दरमा बढाउँदै लैजान्छन् भनेर सोच्नु गलत हुनेछ भन्ने कुरामा चिलिमे जलबिद्युत कम्पनीको बित्तीय विवरणले सचेत गराएको छ ।

चिलिमेको खुद नाफामा गत बर्षको तेस्रो त्रैमास भन्दा झण्डै तीन करोडले कमी आएर ६८ करोडबाट ६५ करोडमा झरेको छ । बिद्युत बिक्रीबाट भएको आम्दानी चार करोडले घटेर बिक्री लागत बढेको छ भने सरकारलाई तिर्नुपर्ने कर झण्डै दोब्बरले बढेको छ ।

चिलिमेले निर्माण सम्पन्न भएको १५ बर्षसम्म कर छुट पाएको र ठूला करदाता कार्यालयमा कर बक्योतासम्बन्धी मुद्धा बिचाराधिन रहेकाले त्यसमा हुने निर्णयले ठूलो कर दायित्व सिर्जना हुने स्पष्ट पारेको छ ।

तीन अर्ब ९६ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ कायम भएको छ । उसको जगेडा कोषमा चार अर्ब ७० करोड छ । चिलिमले बनाउँदै गरेका २७० मेगावाटका चार आयोजनाबाट दुई बर्षपछि बिजुली बल्ने भए पनि त्यसबाट आम्दानी आउन समय लाग्ने भएकाले निकै लामो समयका लागि दीर्घकालीन लगानीका लागि चिलिमे उपयुक्त कम्पनी हो ।

उसले १६५ मेगावाटको सेतीनदी ३ र ४२० मेगावाटको बुढीगण्डकी आयोजनाको सर्बे लाईसेन्स प्राप्त गरी काम अगाडि बढाउने प्रयास गरिरहेको छ भने थप नयाँ दुई आयोजनाको सर्भे लाईसेन्स हात पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here