चिलिमे जलविद्युत कम्पनीले प्रस्ताब गरेको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश खाने कि नखाने ? यसको निर्णय आजै अर्थात बुधबार नै गर्नुहोस् । कम्पनीले प्रस्ताब गरेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आजै अन्तिम दिन हो । यसभन्दा पछि शेयरधनी बनेकाहरुले लाभांशमा दावी गर्न र पुस २७ गते हुने साधारणसभामा भाग लिन पाउने छैनन् ।

कम्पनीले पुस १९ गते शेयरधनी दर्ता किताब बन्द अर्थात बुक क्लोज गर्दैछ । त्यस बेला शेयर मूल्यमा समायोजन हुनुका साथै लाभांश खाने र साधारणसभामा भाग लिनेहरुको सूची बन्द हुनेछ ।

साधारणसभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने बिषय पनि छलफलमा आउने छ ।

चिलिमेको चुक्ता पूँजी हाल ३ अर्ब ९६ करोड ५१ लाख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here