कोरोना भाईरस संक्रमण रोक्न र विरामीको उपचार गर्न छिमेकी देश चीनले सहयोग स्वरुप दिएको उपकरण तथा सामानहरुको मूल्य र नेपाल सरकारले ठेकेदारमार्फत किन्ने निर्णय गरेको सामानको मूल्यमा ठूलो अन्तर देखिएको छ ।

चीन सरकार, सिचवान प्रदेश सरकार, अलिबाबा फाउन्डेशन र ज्याक मा फाउन्डेशनले दिएको सामान आईतबार बिहान काठमाडौमा विमानले उचारेपछि चिनियाँ पक्षले नेपाललाई हस्तान्तरण गरेको थियो । चीनले सहयोग स्वरुप दिएको सामानसँगै त्यसको वर्तमान मूल्य लागत समेत उल्लेख गरी विल दिएको थियो । त्यो बिलसँग नेपालको स्वास्थ्थ्य मन्त्रालयले ठेकेदार मार्फत किन्ने स्म्झौता गरेको सामानको मूल्य भिडाउँदा अमेरिकी डलर र चिनियाँ मुद्राको हिसाबको आधार हेर्दा ठूलो अन्तर देखिएको हो ।

हेर्नुहोस् यो तुलनात्मक अध्ययन

नोटः सहटी दर आईतबारको हो ।

कोरोनासंक्रमण नियन्त्रण तथा विरामीको उपचारका लागि अत्याबश्यक बस्तुको अभाव भएको भन्दै स्वास्थ्य मन्त्रालयले खरिद गर्न लागेको सामानमा ठूलोअनियमितता भएको आवाज उठेको छ । तर आईतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सामान खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका थिए ।

अहिले कोारोना उपचारको सामानको विश्वब्यापी रुपमा अभाव रहेको तर्क गर्दै भनेका थिए – केही महंगो भएको हुनसक्छ । तर समयमा नपाउँदा प्रभाव पर्ने भएकाले ढिलो गर्नु भएन ।

हेर्नुहोस् चिनियाँ पक्षले सहयोग स्वरुप सामान दिएर उपलब्ध गराएको बिल 

सरकारले खरिद गर्ने सम्झौता गरेको सामानसहितको कागज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here