फ्रान्सबाट दोहो हुँदै काठमाडौ आएकी १९ बर्षीया युवतीमा कोरोना भाईरस संकमण भएको पुष्टि भएपछि उनी चढेको विमानमा रहेका अन्य यात्रुहरुको बारेमा खोज तलासी शुरु भएको छ ।

ती युवतीले यात्रा गरेको कतार एयरको क्यू आर ६५२ उडानबाट आएका अन्य २०४ जना यात्रुहरुले आफुलाइ पनि कोरोना संक्रमण भएको आशंका गरी क्वारेन्टाईनमा बस्नुपर्ने र संक्रमणको शंका लागे स्वास्थ्ग जाँच गराउनुपर्ने भएको छ । उनीहरुबाट परिवारका सदस्य र भेटघाट गर्नेहरुलाई पनि कोरोना संक्रमण हुने संभावना भएकाले सावधानी अपनाउन भनिएको हो ।

यसरी विमान चढेर आउनेहरुको विवरण विमानस्थल अध्यागमन र बायुसेवासँग रहेकाले प्रहरीको खोजीमा पर्नु भन्दा अगाडि नै सम्पर्कमा आउनु बुद्धिमानी हुने देखिन्छ ।

सो दिन कतार एयरको तीन वटा जहाज क्यूआरर ६५२ बाट २०५ जना, क्यूआर ६५० बाट १०६ जना र क्यूआर ६४४ बाट १५३ जना काठमाडौ आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here