चौतारी लघुवित्त वित्तीय संस्थाको साधारणसभा दियालो फुडल्याण्ड, बुटवलमा आज (पुस ९ गते) बिहान ११ बजेबाट सुर भएको छ । सभामा कम्पनीले आरम्भ लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिने प्रस्ताव पेश गरेको छ । दुई लघुवित्त कम्पनीबीच स्वाप रेसियो १ः१ अनुपातमा हुने प्रस्ताव पनि पारित गर्दैछ ।

मर्जरपछि लघुवित्तको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था रहनेछ । मर्जपछि संस्थापकको ६३.६६ प्रतिशत  र सर्वसाधारणको ३६.३४ प्रतिशत  हिस्सा सेयर स्वामित्व हुनेछ ।

लघुवित्तले २०७५–७६ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र १०.८९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । साधारण सभा प्रयोजनका लागि चौतारीले मंसिर २२ गते देखि पुस ९ गतेसम्म बुक क्लोज गरेको छ ।

हाल चौतारीको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी १९ करोड ९० लाख २० हजार रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here