ज्योति विकास बैंक र छिमेक लघुवित्तका संस्थापकले आफ्ना केही संस्थापक शेयर बिक्रि गर्ने भएका छन् ।
ज्योति विकास बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएको छ तर बिक्रि गर्ने मूल्य र सेयर संख्या नखुलाईएपनि । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इन्छुक संस्थापकले फागुन ३० गते बाट ३५ दिन भित्र ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा वा सम्पुर्ण शेयर बिक्रि नभएको खण्डमा भने सर्वसाधारणले समेत किन्न सक्ने गरी बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ४९ करोड रुपैयाँ छ ।
त्यसैगरी छिमेक लघुवित्त वित्तीय सस्थाका केही सेयरधनीले ३८ हजार ९४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
तर सेयर बिक्री गर्न लागेका संस्थापक सेयरधनीको नाम र मूल्य भने खुलाइएको छैन ।
सेयर खरिद गर्न छिमेककै संस्थापक सेयरधनी हुनुपर्ने भएतापनि आवेदन नपरे सर्वसाधारणको लागि खुल्ला गरिने छ ।
किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
संस्थको चुक्ता पुँजी एक अर्ब ५० करोड रहेको छ ।