छिमेक लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको प्रगति विवरण पस्कदा केही आधारभुत कुरा याद गर्नुपर्ने खालका देखिएका छन् ।

एक अर्ब ५० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष बढी अर्थात एक अर्ब ५२ करोड रहेको छ ।

१७ अर्ब निक्षेप संकलन गरेर कम्पनीले १९ अर्ब कर्जा प्रबाह गरेको छ ।
ब्याज आम्दानी र संचालन नाफा बढाउदै लगेर कम्पनीले ४८ करोड खुद नाफा गरेको छ, यो रकम गत बर्षको दोस्रो त्रैमास भन्दा ९ करोड बढी हो ।

८ प्रतिशत पूँजी कोष अनुपात भए पुग्नेमा कम्पनीले १४.७८ प्रतिशत कायम गरेको छ ।
निस्क्रिय कर्जा अनुपात भने बढ्दै गएर ०.२३ प्रतिशतबाट ०.३५ प्रतिशत पुगेको छ, जसलाई असुल्न संस्थाले कडा नीति अख्तियार गर्नु आबश्यक देखिन्छ ।

प्रति शेयर आम्दानी ६४ रुपैयाँ कायम गरेको कम्पनीको मूल्य आम्दानी अनुपात १३.८३ गुणा छ । बोनस शेयरबाट पूँजी बढाएको अनुपातमा प्रगति हुन बाँकी रहेकाले प्रतिशेयर आम्दानी भने सन्तुलनमा आईसकेको छैन । कम्पनीको प्रतिशेयर नेटवर्थ २०१.७९ रुपैयाँ कायम भएको छ ।

६७ जिल्लामा शाखा बिस्तार गरेर लघुवित्तको कारोबार गरिरहेको कम्पनीको ३ लाख ७२ हजार भन्दा बढी घरपरिवार सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here