जलबिद्युत लगानी तथा बिकास कम्पनी(HIDCL)ले सेयरधनीलाई पाँच प्रतिशत लाभांश बाँड्ने प्रस्ताब गरेको छ ।

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीले ५० करोड बराबरको नगद लाभांश वितरणको प्रस्ताब गरेको हो ।

उसले गत आर्थिक बर्षमा ४९ करोड खुद नाफा गरेको थियो । कम्पनीको जगेडा कोषमा ९८ करोड रहेकोमा लाभांश बितरणपछि ४८ करोड मात्र बाँकी रहने छ ।

कम्पनीले अहिलेसम्म बिभिन्न आयोजनाहरुलाई कर्जा दिदै आएकोमा अब भने आयोजनामा आफैले सेयर लगानी गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here