जलविद्युत लगानी तथा विकास कम्पनीले आयोजनाहरुमा ऋण लगानीको सट्टा शेयर लगानी थालेको छ । उसले कालिकोट जिल्लामा बन्ने ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली परियोजनामा १० प्रतिशत शेयर लगानी वापत एक अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । यो अर्ध जलाशययुक्त आयोजना हो ।

जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारबाट स्थापना भएको कम्पनीले आयोजनाहरुलाई कर्जा मात्रै प्रदान गर्दै आएको थियो ।

आयोजनाहरुमा कर्जा मात्रै लगानी गर्दा त्यसबाट प्राप्त हुने ब्याज मात्रै पाउँथ्यो भने अब आयोजनाको प्रतिफलमा आधारित लगानीमा कम्पनीले हिस्सेदारी लिने गरी काम अगाडि बढाएको छ ।

कम्पनील अहिलेसम्म १४ वटा आयोजनाको कुल ५४१ मेगावाट बिद्युत गर्न झण्डै सात अर्ब कर्जा प्रबाह गरेको छ भने पाँच वटा कम्पनीमा ३४ करोड रुपैया बराबरको शेयरमा लगानी गरेको छ ।

कम्पनी आफैले पनि किमाथांका अरुण, भेरी एक र जगदुल्ला जलविद्युत आयोजना र अगाडि बढाएको छ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ छ । उसले सरकार र बिदेशी निकायहरुबाट कर्जा समेत लिएर आयोजनाहरुमा लगानी गर्दै आएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here