जलविद्युतको क्षेत्रमा पनि पहिलो सफल मर्जरपछि रिडी हाईड्रोपावरको सेयर कारोबार खुलेको छ । रैराड. हाईड्रोपावरसँगको मर्जरपछि रिडीले असार ३० गतेदेखि सेयर कारोबार खोल्दा उल्टो सर्किट लागेर मूल्य रु. ७०।७८ ले घटेर रु. ६३७।८० मा बन्द भएको छ । दुबै कम्पनीवीच मर्जर सम्झौता हुँदा जलविद्युत क्षेत्रको सेयर मूल्य उच्च विन्दुमा रहेको थियो ।
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मर्जर सकिएपछि १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच १:०.९३ को अनुपातमा मर्जर सम्पन्न भएको थियो ।
नेप्से र सीडीएससीवीच समन्वयको अभावमा रैराड.का सेयरधनीले भने रिडीको नाममा सेयर किनबेच गर्न पाएका छैनन् ।