नेपालको जीवन बीमा क्षेत्रमा नेपाल लाईफले एकपछि अर्को फड्को मार्ने क्रम जारी रहेको उसले प्रकाशित गरेको दोस्रो त्रैमासको बित्तीय विवरणले देखाएको छ ।

इन्स्युरेन्सले दोस्रो त्रैमाससम्ममा १३ अर्ब ९१ करोड १० लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार रुपैयाँ खुद बीमाशुल्क कमाएको थियो । गत बर्षको तुलनामा ३ अर्ब ४३ करोड ५५ लाख रुपैयाँ बढीे हो ।

खुद बीमाशुल्क बढेसंगै इन्स्युरेन्सको नाफामा पनि बढोत्तरी भएको देखिन्छ । इन्स्युरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ३५ करोड ९ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत बर्षको यसै अवधिमा इन्स्युरेन्सले २८ करोड ५ लाख २६ हजार रुपैयाँ कमाएको थियो ।

५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्युरेन्सको जगेडा कोषमा २ अर्ब ६१ करोड ५५ लाख १४ हजार रुपैयाँ रहेको छ,भने जीवन बीमा कोषमा ७७ अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ ।यस्तै इन्स्युरेन्सको महाविपत्ती कोषमा ४७ करोड ५७ लाख १० हजार रुपैयाँ रहेको छ। इन्स्युरेन्सले बीमालेख धितोमा १५ अर्ब ७३ करोड २० लाख रुपैयाँ कर्जा प्रर्वाह गरी १६ करोड ८१ लख रुपैयाँ आर्जन गरेको छ ।

इन्स्युरेन्सले पुस मसान्तसम्ममा २१ हजार ३४७ दाबी बापत ३ अर्ब १९ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १ अर्ब २० करोड ८० लाख  रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

इन्स्युरेन्सको बार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा कायम भएको छ, भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २४ पैसा रहेको छ मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ।​

बीमांकीय मुल्यांकन नभई जीवन बीमा कम्पनीहरुको वास्तविक नाफा घाटा थाहा नहुने भएकाले नेपाल लाईफको प्रगति अझैै राम्रो देखिने संभावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here