लकडाउनको अवधिमा धर्ना जुलुस, ज्ञापन पत्र बुझाउने जस्ता भीडभाड बढाएर कोरोना संक्रमणको जोखिम बढाउने गतिविधि भएको भन्दै गृह मन्त्रालयले त्यसो गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० लगाएर थुन्न सकिने चेतावनी दिएको छ ।

युवाहरुले राजधानी काठमाडौको बालुवाटार, पोखरा, चितवन, विराटनगर लगायतका शहरहरुमा एकसाथ प्रदर्शन गर्दै कोरोनाको विस्वसनिय परीक्षण र खर्च पारदर्शी गर्न माग गरेपछि गृह मन्त्रालयले लकडाउन उल्लंघन गर्नेहरुलाई आर्थिक जरिवानासहित ६ महिनासम्म थुन्न सकिने कानुनी ब्यवस्थाबारे सचेत गराएको हो ।

गृह मन्त्रालयका प्रबक्ता केदारनाथ शर्माले बिज्ञप्ति जारी गरी लकडाउन उल्लंघन नगर्न सचेत गराएका छन् ।

बिज्ञप्ति हेर्नुहोस्

मन्त्रालयले कोरोना संक्रमण रोक्न गरिएको लकडाउनको पालना गर्नेहरु प्रति आधार ब्यक्त गर्दै सहयोग निरन्तरताको अपील पनि गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here