मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको शेयर स्वाप रेशियो तय भएको छ ।
मर्जर समितिले जेविल्स फाइनान्सको १०० कित्ता शेयर हुने लगानीकर्ताले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता शेयर पाउने गरी शेयर स्वाप रेशियो तय गरेको हो ।
हालइन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ ।